विश्वकप लिग २ नेपालबाट शुरु हुदै

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन १

आइसीसी विश्वकप २०२७ को छनौट प्रतियोगिताको लागि लिग २ का श्रृंखलाहरु १५ फरवरी अर्थात ४ फागुन देखि नेपालबाट शुरु हुदैछ । २०२४ देखि २०२७ सम्म चल्ने यो लिग श्रृखंलामा नेपाल सहित ७ देशले सहभागिता जनाउने छन । लिग २ को शिर्ष ४ स्थानमा रहने टोलीले सन २०२७ को विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सोझै स्थान बनाउने छ । 

लिग २ को पहिलो सिरिज नेपाल, नामिविया र नेदरलैण्ड्सका विच काठमाण्डौंमा शुरुहुदैछ । प्रतियोगिताको पहिलो खेलमा १५ फरवरीमा नेपालले नामिवियासंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १७ फरवरीमा नेपालले र नेदरलैण्ड्स खेल्नेछ भने १९ फरवरीमा नेदरलैण्ड्स र नामिविया प्रतिस्पर्धा गर्नेछन । फरवरी २१ मा नामिविया र नेपाल, फरवरी २३ मा नामिविया र नेदरलैण्ड्स र फरवरीमा २५ मा नेपाल र नेदरलैण्ड्सका विच अन्तिम खेल हुनेछ । 


यस पटक लिग २ मा नेपाल सहित, क्यानडा, नेदरलैण्ड्स, युएई, नामिविया, स्कटलैण्ड, र ओमनले प्रतिस्पर्धा गर्नेछन । लिग २ का सबै खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछन । 

लिग २ अन्तरगत कुल १४४ खेलहरु हुनेछन । यसलाई सबै देशहरुले होम एण्ड अवे फर्मेटमा खेल्नेछन ।  


प्रतिक्रिया