काठमाण्डाै , असार ३
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको अन्तिम मस्यौदा पनि तयार भइसकेको र हेर्नैपर्ने केही विषयमा छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
आजै राष्ट्र बैंकको व्यवस्थापन समिति बैठक बसेर मस्यौदा टुङ्ग्याउने र भोलि बिहान बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति अनुमोदन गर्ने तयारी छ । भोलि बिहान अनुमोदन हुने नीति दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यसबारेमा गभर्नर महाप्रसाद अधिकारीले अस्ति नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरिसक्नुभएको छ ।
२ साउन २०८१, बिहिबार ०३:१४ मा प्रकाशित