काठमाण्डौ, पुस २४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अङ्कले वृद्धि भएको छ ।
आज नेप्से परिसूचक ६ दशमलव ३८ अङ्कले बढेर २ हजार छ सय ५३ दशमलव २३ को विन्दुमा कायम भएको हो ।
तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ ।
२३ पुस २०८१, बुधबार ०५:२० मा प्रकाशित