काठमाडौँ
, चैत्र १
संघीय
निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न
बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ।
बिहीबार
बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त
जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन
२१नै गते दर्ता भएको थियो ।
विधेयक प्रस्तुत गर्दै जोशीले
मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरूप सुव्यवस्थित,
कार्यत्मक र नजितामुखि तुल्याउन र प्रशासनिक संघीयतालाई प्रभावकारी
बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको वताए ।
३० फाल्गुण २०८०, बिहिबार ०३:१४ मा प्रकाशित