एसियाली खेलकुद क्रिकेट ः नेपालले माल्दिभ्सलाइ २१३ रनको लक्ष्य दियो

Jhalkonepal

हांग्जाउ, असोज १४

चीनको हांग्जाउमा चलिरहेको १९ औ एसियाली खेलकदु प्रतियोगिताको समुह चरणको खेलमा नेपाल र माल्दिभ्स विच अहिले खेल चलिरहेको छ । टस जितेर माल्दिभ्सले नेपाललाइ ब्याटिंगको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको छ । 

नेपालका तर्फबाट कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाएर आउट भए । आसिफ सेख ६ रनमा आउट हुदाँ टिममा पुनरागमन गरेका विनोद भण्डारी १५ बलमा १३ रन बनाएर आउट भए । यस्तै संदिप जोरा ४ रनमा आउटा हुदाँ गुल्सन झा ३५ रनमा आउदा हुदाँ कप्तान रोहित पौडेल ५२ रन बनाएर रन आउट भएका थिए । त्यसपछि ब्याटिँगमा आउका कुशल मल्लले आक्रमक ब्याटिंग गर्दै २० बलमा ४७ रन बनाए । अघिल्लो खेलमा ९ बलमा अर्धशतक बनाएका दिपेन्द्र सिंह ऐरी २ बलमा ६ रन बनाएर आउट भए । 

माल्दिभ्ससका तर्फबाट नजवाल एसमाइलले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

२१३ रनको लक्ष्य पछ्याउन माल्दिभ्स अहिले केही बेरमा खेल्ने छ। 


प्रतिक्रिया