काठमाण्डौ, जेठ १५
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनुभएको हो ।
महिनावारी हुँदा सडकमा महिला ट्राफिक नखटिने बरु यसको साटो जाँड–रक्सी खाएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने भएका छन् । गृहमन्त्री लामिछानेले लेख्नुभएको छ, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’
१४ जेठ २०८१, मङ्गलबार ०१:१७ मा प्रकाशित