सुभेष सिनाल
काठमाण्डौं, फागुन ३
आइसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । त्रिवि क्रिकेट मैदानमा नामिवियाले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो । नेपालले ओभरमा आफ्ना सवै विकेट गुमाउदा १३२ रन मात्र बनाउन सक्यो । पहिलो बलमा नै कुशल भुर्तेललाई गुमाएको नेपालले लगातार विकेट गुमाए पछि दबाबमा खराब प्रर्दशन गर्यो । कुशलको स्थानमा ब्याटिंग गर्न आएका अनिल शाह पनि ८ रन मात्र जोडेर आउट भए । त्यसपछि कप्तान रोहित पौडेल १ रनम आउट भए मध्यक्रममा ब्याटिंग गर्न आएका भिम सार्कीले ८६ बलको सामना गर्दै ४४ रन बनाए । भिम पछि कुशल मल्लले १५ रन, गुलशन झाले २२, करण केसीले १६ र पवन श्राफले १२ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् ।
नामिवियाका क्याप्टेन गेहार्डले ५ विकेट लिए भने रुविन ट्रम्पलेन र जेक ब्रसेलले २,२ विकेटको योगदान गरे ।