धनगढी, भदौ १९
विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ ।
जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर महिलाको मृत्युु भएको हो
ज्यान गुमाउनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।
धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै गए राति करीब ११ बजेतिर कुँवर विद्युतीय धरापमा परेको बताइएको छ । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
१८ भदौ २०८०, मङ्गलबार ०८:२७ मा प्रकाशित