काठमाडौँ, असोज ४
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी र बागमती
प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी
प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भेगका
केही स्थान तथा बाँकी पहाडी भेगका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
३ असोज २०८१, शुक्रबार ०६:५३ मा प्रकाशित