काठमाडौँ, असोज ४
आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि
समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल
गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित
विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने
बताइएको छ ।
बिहान ११:३० बजे विधायन व्यवस्थापन समितिको
बैठक बस्नेछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।
दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन
अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा
नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
३ असोज २०८१, शुक्रबार ०९:०४ मा प्रकाशित