मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

Jhalkonepal

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् । 

उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया