इटहरीमा ‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ

Jhalkonepal

सुनसरी, असार २०

नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि इटहरीमा‘पृतनापति ट्रफी २०८२’ प्रारम्भ भएको छ ।

प्रतियोगितामा नेपाली सेनाका २,१८ र २१ नम्बर बाहिनीअन्तर्गतका गण, गुल्म तथा एकाइले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता यही असार ३० गते समापन हुनेछ । 

नेपाली सेनाले हरेक वर्ष यस किसिमका प्रतियोगिता आयोजना गर्दै आएको छ । साथै सेनाको खेलकुद विभागका खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हुँदै आएका छन् । 

प्रतिक्रिया