काठमाण्डौ, साउन २९
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा आजदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ।
विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने एन्फा प्रवक्ताले जानकारी दिए।
प्रतियोगिताको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ।
सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन्।
त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।
आज दिउँसो १ बजे प्रतियोगिताको उद्घाटन खेल एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ।