कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाइ विश्वासको मत प्राप्त

Jhalkonepal

काठमाडौँ , साउन २१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त पाएका छन् । 

मुख्यमन्त्री कँडेलले सोमबार कर्णाली प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका हुन् ।

विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरिन् ।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । 

केन्द्रमा सत्तासमीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबीच सरकार बनेपछि उनले विश्वासको मत दिएका हुन् । 

प्रतिक्रिया