काठमाडौं,माघ १८
डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढेको छ । निगम सञ्चालक समितिको हिजाेबेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार बढेको मूल्य गए मध्यरातिदेखि नै लागू भएकाे छ ।
१७ माघ २०८०, बिहिबार ०८:१३ मा प्रकाशित