नामिबिया संग नेपालको लगातार दोस्रो हार

Jhalkonepal

काठमाडौं, फागुन २८


वुमन्स डे कप २०२५ को चौथो खेलमा नेपालले नामिबिया संग दोस्रो हार बेहोरेको छ। नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको थियो ।

नामिबियाले दिएको १२७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो। नेपालका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। कविता जोशी १९ बलमा १७ र पूजा महतो १४ बलमा १५ र इन्दु बर्माले १५ बलमा १५ रन बनाइन्। 

नामिबियाका लागि इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिइन्। विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १–१ विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन्। विल्का मातिलेले २० र अरास्ता डिगार्टले अविजित १६ रन बनाइन्। 

नेपालका लागि ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन्। रचना कुमारी चौधरीले २ विकेट लिइन्। कप्तान इन्दु बर्मा र रिया शर्माले समान १–१ विकेट लिए। 

नेपालले पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको नेपालले तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो। 

प्रतिक्रिया