काठमाण्डाै, माघ ४
खो–खो विश्वकप २०२५ मा नेपाली महिला टोली सेमिफाइनल प्रवेश गरेको छ ।
इरानलाई हराउँदै नेपाली महिला टोली खो–खो विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको क्वाटरफाइनलमा
नेपालले इरानलाई १०३–८ ले हरायो ।
नेपाल समूह चरणमा अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा
पुगेको हो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो
खेलमा बङ्गलादेशलाई हराएको थियो ।
यस्तै खो–खो विश्वकपको पुरुषतर्फ
अहिले नेपालले बङ्गलादेशसँग खेलिरहेको छ । प्रतियोगितामा भोलि सेमिफाइनलका खेल
हुनेछन् भने पर्सि आइतवार फाइनल हुनेछ ।
३ माघ २०८१, शुक्रबार ०६:०७ मा प्रकाशित