पाँचथरको फालेलुङमा संकास्पद डल्लो वस्तु बिस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १ जना घाइते

Jhalkonepal

काठमाडाैं, भदाै १४ 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा संकास्पद बस्तु विस्फोट हुँदा दुइ बालबालिको मृत्यु भएको छ । मृत्यु हुनेमा अढाइ वर्षीया प्रिन्सा साँवा र ११ बर्षका दिप्सन साँवा रहेको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षा ध्रुब श्रेष्ठले बताउनु भयो । हिजो दिउँसो ३ बजेतिर आँगनमा खेलीरहेका ३ जना बालबालिका बिष्फाेटमा परी घाइते भएका थिए ।

विष्फोट भएको सुनेर स्थानीय त्यहाँ पुग्दा तीन जना बालबालिका घाइते अवस्थामा भेटिएका थिए ।

घाइते मध्ये उपचारका क्रममा दुइ जनाकाे मृत्यु भइसकेको छ भने ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन राइकाे उपचार भइरहेकाे छ । घटनास्थलमा फलामको डल्लो जस्तो वस्तु पड्किएको अवस्थामा भेटिएको छ  

 घरेलु ग्रिनेड पड्केकाे हुन सक्ने प्रहरीले बताएको छ ।  यदपी यसका सम्बन्धमा नेपाल आर्मीले थप अनुसन्धान गरीरहेको प्रवक्ता श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया