पहिलो टेष्टमा भारत पराजित

Jhalkonepal

काठमाण्डौं, असार १०

इंग्लैण्ड भ्रमणमा रहेको भारतिय क्रिकेट टोलीले पहिलो टेष्टमा हार ब्यहोरेको छ । लिड्समा पहिलो टेष्टको अन्तिम दिन २१ रनबाट खेल्न शुरु गरेको इंग्लैण्डले ५ विकेट गुमाएर जितको लागि आवश्यक ३५३ रन पुरा गर्यो । 

यसअघि भारतले पहिलो पारिमा ४७१ र दोस्रो पारिमा ३६४ रन बनाएको थियो । पहिलो पारिमा इंग्लैण्डले ४६५ रन बनाए पछि भारतले ६ रनको अग्रता लिएको थियो । खेलको चौथो दिन भारत ३६४ रनमा अल आउट हुदाँ इंग्लैण्डले ३७१ रनको लक्ष्य पाएको थियो । अन्तिम दिन इंग्लैण्डका बेन डकेटले १४९ रनको पारि खेल्दै आफ्नो टिमलाई जितको नजिक पुगाएका थिए । अन्तिम दिनको मध्यान्न तिर भारतले लगातर २ विकेट लिएर खेललाई ड्र तर्फ डोर्याउने प्रयास गरे पनि जोय रुट र जेमी स्मीथले टिमलाई जित सम्म पुगाए । रुटले नटआउट ५३ र स्मीथले नटआउट ४४ रन बनाए । 

बेन डकेटलाई म्यान अफ दी म्याच घोषित गरिएको छ । 

पहिलो टेष्टमा भारतका रिसब पन्तले दुबै इनिंगमा सतक प्रहार गरे भने यसस्वी जयसवाल, केएल राहल र कप्तान शुभमन गिलले पनि १,१ सतक बनाएका थिए । इंग्लैण्डका तर्फबाट ओलइ पोप र बेन डकेटले मात्र सतक बनाएका थिए ।

भारतले इंग्लैण्ड भ्रमणमा ५ टेष्ट म्याच खेल्नेछ । यो सिरिजमा इंग्लैण्डले १ शुन्यको अग्रता लिएको छ 

प्रतिक्रिया