काठमाण्डाैं, माघ ८
सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन्।
बलिउड अभिनेता सैफ अली खानलाई १६ जनवरीमा
छुरा प्रहार गरिएको थियो । उनलाइ लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार
अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई हमला भएको घरमा नभई अर्कै घरमा लगिएको छ।
सैफलाई डाक्टरले १ महिनासम्म आराम गर्न
सल्लाह दिएका छन्। १५ दिन उनलाई बेड रेस्ट गर्न भनिएको छ।
यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट
लागेको थियो। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान
टाइम्ससँग भनेका छन्।
७ माघ २०८१, मङ्गलबार ०५:४३ मा प्रकाशित