काठमाडौँ, माघ २३
त्रिदेशीय महिला टी २० त्रिदेशीय शृंखलामा नेपालले आज नेदरल्यान्ड्ससँग आफ्नो पाँचौ खेल खेल्दैछ।खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ।
जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स तेस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघिका दुवै खेलमा डच टिमसँग नेपाल पराजित भएको छ। शृंखलाको पहिलो खेलमा २० रनले पराजित हुँदा नेपालले १५७ रनको लक्ष्य पछ्याएको थियो। दोस्रो खेलमा नेपालले १५ रनको हार बेहोर्यो।
२२ माघ २०८१, बुधबार ०८:२३ मा प्रकाशित