जोरपाटीस्थित एक धागो कारखानामा आगलागी

Jhalkonepal

काठमाडौं, साउन २५

काठमाडौंको जोरपाटीस्थित एक धागो कारखानामा आगलागी भएको छ ।​

गोकर्णेश्वर नगरपालिका–२ नयाँ पाटी चोकमा रहेको धागो कारखानामा आगलागी भएको हो ।

शुक्रबार अपरान्हपछि जोरपाटीको धागो कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

काठमाडौंललितपुरलगायतका दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया