काठमाण्डौ, वैशाख ८
आइपिएलको हिजोको खेलमा मुम्बई इण्डियन्सले सानदार जीत हासिल गरेको छ । रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।
जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो।
ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। तर यसपछि रोहित र सूर्यकुमारले दोस्रो विकेटको लागि अविजित १ सय १४ रनको साझेदारी गरे।
रोहितले ३३ बलमा अर्धशतक बनाए। उनी अविजित ७६ रनमा रहे। ४५ बल खेल्दै ४ चौका र ६ छक्का उनले प्रहार गरे। सूर्यकुमार ३० बलमा ६ चौका र ५ छक्का सहित अविजित ६८ रन बनाए।
बलिङमा चेन्नईले निराशाजनक प्रदर्शन गरे। रबिन्द्र जडेजाले एक विकेट लिए। अन्यले विकेट लिन सकेनन्।