काठमाडौँ , असोज २६
आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट
शुभ साइतको प्रतीक टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दसैँ घर वा पूजा कोठामा नौ
दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग
निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटमा साइत उत्तम रहेको जनाएको छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु
नपर्ने मान्यतासमेत रहेको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट
टीका ग्रहण गर्न सक्नेछन् ।
आज बिहान ८ बजेर ३३ बजे
देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।
२५ असोज २०८१, शनिवार ०७:२१ मा प्रकाशित