टिआरसी विधेयक अघि बढाउँछौं: प्रधानमन्त्री प्रचण्ड

Jhalkonepal

काठमाण्डाै , माघ ७

प्रधानमन्त्री  दाहाल 'प्रचण्ड' ले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंग्याउने बताएका छन्।

युगाण्डाबाट आइतबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको तथा राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको बताए।

‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ। संसदको उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ। अब फुल हाउसमा लैजाने तयारी छ,’ उनले भने, ‘सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ।’

उनले हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ विधेयक सदनमा पेस गरिने पनि बताए। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी प्रधानमन्त्री प्रचण्डको छ।

 ‘राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु। मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुंगिन्छ। विधेयक सहमतिबाट नै टुंग्याइने पनि बताए। शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ,’ उनले भने।

प्रतिक्रिया