काठमाडौंको बल्खु क्षेत्रमा प्रसाईं पक्षधर र प्रहरीबीच झडप

Jhalkonepal

काठमाडौं , मंसिर ७

काठमाडौंको बल्खु क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरले प्रदर्शन गरेका छन्।  प्रदर्शन   क्रममा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । बिहीबार दिउँसो उनीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरी र नेकपा एमालेको भ्रातृ संगठन युवा संघ तथा अनेरास्ववियुबीच पटक(पटक झडपसमेत भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो।

प्रसाईं पक्षलाई प्रशासनले प्रदर्शनका लागि बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय नजिकै सडकमा ठाउँ तोकेको थियो।

तर प्रसाईं पक्षधर प्रदर्शनकारीहरू बल्खु चोकबाट कालिमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।


प्रतिक्रिया