काठमाडौँ, वैशाख १६
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले २८ औं दिन पनि आन्दोलन जारी राखेको छ।
देशभरिका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु माइतीघर मण्डलामा भेला भई बानेश्वर सडकमा गत चैत २० गते देखि निरन्तर रूपमा शिक्षा एन जारी गरियोस् भनी आन्दोलित भएका छन् ।
आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्। उनीहरुले सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएका छन्।
उनीहरुले संघीय संसद् बाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मंगलबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका थिए।
हिजो बानेश्वर क्षेत्रको निषेधित क्षेत्रमा घुसपैठ भयको र पुलिस प्रशासनले दमन गरेको भन्दै नारा बाजी भएको थियो जसमा पुलिसको पानी फोहोराले ६० जना भन्दा बढी शिक्षक र एकजना पत्रकार समेत घाइते भएका थिए ।
आज पनि शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरेता पनि प्रहरीले रोकेको थियो। महासंघले तत्काल सरकारले आफूहरुको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने पनि जनाएको छ।