पाकिस्तानी समर्थकले कस्तो प्रार्थना गरिरहेका छन ?

Jhalkonepal

काठमाण्डौं, जेठ ३२

आइसीसी टि२० विश्वकप क्रिकेटको समुह ए को एउटा महत्वपूर्ण खेलमा आज राती सवा आठ बजे आयरलैण्ड र अमेरिका विच प्रतिस्पर्धा हुदैछ । खेल अमेरिका र आयरलैण्डका विच भए पनि पाकिस्तानी समर्थकहरुले यो खेलमा बर्षाले बाधा नगरोस भनी प्रार्थना गरिरहेका छन । आजको खेल समुह ए बाट सुपर ८ मा पुग्ने दोस्रो टोली बन्न अमेरिका, आयरलैण्ड र पाकिस्तान तिनै देशको लागि महत्वपूर्ण छ। 

समुह ए मा तिन खेल जितेर भारत पहिले नै सुपर ८ मा पुगिसकेको छ । तिन खेलमा ४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । आजको खेलमा बराबरीमात्र खेल्यो भने पनि अमेरिका ५ अंकका साथ समुह उपविजेता बन्दै सुपर ८मा प्रवेस गर्नेछ । किनभने, हाल तेस्रो नम्बरमा रहेको पाकिस्तानसंग ३ खेलमा दुई अंक मात्र छ र उसले अर्को खेलमा आयरलैण्डलाई पराजित गरेको खण्डमा ४ अंक जोडेर रनरेटको आधारमा समुह उपविजेता बन्ने अवसर छ । यसको साथै आयरलैण्डको सम्भावना कायम छ । हाल सम्म २ खेलमा हार ब्यहोरेको आयरलैण्डले आज अमेरिका र अर्को खेलमा पाकिस्तानलाई स्तब्ध पार्न सके आयरलैण्डको पानि ४ अंक हुनेछ र रनरेट राम्रो भएमा अमेरिकालाई पछि पार्दै समुह उपविजेता बन्न सक्छ । 

यस्तो अवस्थामा आजको खेल तिनै देशका लागि निकै महत्वपूर्ण छ । हाल सम्मको अवस्था हेर्दा अमेरिका सबैभन्दा सहज अवस्थामा छ । आजको खेललाई बर्षाले बाधा पुगाएर अंक बाढ्नु परेमा अमेरिकालाई फाइदा हुनेछ भने पाकिस्तान र आयरलैण्ड समुह चरणबाटै बाहिरीने पक्का हुनेछ । पाकिस्तानी समर्थकहरुले आजको खेलमा बर्षा नभइदिओस वा दुबै टोलीले अंक बाढ्ने अवस्था नआवोस भनेर प्रार्थना गरिरहेको छन । तर अमेरिकाको मौषम विभागल आज खेल हुने फ्लोरिडा राज्यको लाउडेरहिलमा बाढी आउने पुर्वानुमान गरि सुचना जारि गरेको छ । आज खेल हुने समयमा सो क्षेत्रमा बर्षा हुने सम्भावना ९० प्रतिसत रहेको छ । यस अघि नेपाल र श्रीलंका विचको खेल पनि यही मैदानमा बर्षाको कारण रद्द भएर दुबै टोलीले अंक बाढ्नु परेको थियो । 


प्रतिक्रिया