महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु

Jhalkonepal

काठमाण्डौ, असार १४

 महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।

भारतबाट घर फर्किदै गरेका बैतडीका दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । उनी रोजगारी गरेर भारतबाट घर फर्कदै थिए ।

महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा जोशी अत्तरियाबाट चढेका थिए ।

जोशी पाटन आइपुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो । अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जोशीको मृत्युको कारण खुलेको छैन । बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया