काठमाडौँ , माघ १४
नेप्से
आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ ।१ सय ७३ कम्पनीको सेयर मूल्य
बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रह्यो । बैंकिङ, होटल, उत्पादन र म्युचल
फन्ड समूहबाहेक अरू सबै समूहको सेयर सामान्य बढेको छ । मध्य सोलु, माथिल्लो मैलुङखोला
जलविद्युत् र साम्लिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
अघिल्लो साताको
अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.२५ अङ्कले घट्दै २ हजार ८४.०४ अङ्कमा
झरेर बजार बन्द भएको थियो ।
आज फाइनान्स समूहको उपसूचक ०.८२ प्रतिशतले बढ्दा बैङ्किङ
समूहको उपसूचक ०.०९ प्रतिशतले, होटल तथा पर्यटन समूहको
उपसूचक १.८६ प्रतिशतले, म्यानु एन्ड प्रो समूहको
उपसूचक ०.४९ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको
छ भने बैङ्किङ, होटल तथा पर्यटन, म्यानु एन्ड प्रो र म्युचुअल फन्ड बाहेक ९ वटा उपसूचक
धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक आज सबैभन्दा बढी १.३३ प्रतिशतले
बढेको छ भने अन्य समूहको उपसूचक १.३२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको
उपसूचक १.२२ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक ०.९३ प्रतिशतले बढेको छ ।
समग्रमा १० अङ्कले नेप्से सूचक बढेको बजारमा आज ३ अर्ब ८३
करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर दोस्रो
बजारमा किनबेच भएका छन् ।