काठमाडौँ, असार २४
प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गर्नुभएको हो । भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अस्ट्रियाको भ्रमणमा जानुभएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिबिधि बढाउने अवसरको साझेदारी बन्नेछ । रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनुहुनेछ ।
भारत र अस्ट्रियाले
कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया
भ्रमणका अवसरमा उहाँले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबीचको सम्बन्ध
बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने बिषयमा गहन छलफल गर्नुहुनेछ ।