घरायसी बिबादमा भाइले गरे दाइको हत्या

Jhalkonepal

धनगढी, माघ १३

कैलालीको धनगढीमा भाइले दाईको हत्या गरेका छन । धनगढी  उपमहानगरपालिका १७ मा  शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए ।

घाँटीमा कैची प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मिसन अस्पताल धनगढीमा उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा उनको राति २ः५० बजे मृत्यु भएको खड्काले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया