कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै

Jhalkonepal


काठमाण्डौ, साउन २१ 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री हुनुभएका कँडेलले गएको वैशाख १३ गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो । सङ्घमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । त्यहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ ।

प्रतिक्रिया