काठमाडौं, मंसिर ७
आज हरिबोधिनी एकादशी । आज तुलसीको विशेष पूजा गरिन्छ।
यसलाई ठूलो एकादशी पनि भनिन्छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा मनाइन्छ ।
हरिशयनी एकादशीका दिन घर घरमा विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ। हरिबोधनी एकादशीको अवसरमा पशुपतिमा आज पूजाआजा गरिन्छ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ।
कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
६ मङ्सिर २०८०, बिहिबार ०७:५८ मा प्रकाशित