चितवन, साउन २०
बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । आइतबार बिहान सवा ५ बजेतिर मर्निङ वाकका क्रममा उनी बाघको आक्रमणमा परेका हुन् ।
भरतपुर
महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । घाइते श्रेष्ठको चितवन मेडिकल
कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको
जानकारी यादवले दिए। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि
जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।
१९ साउन २०८१, आईतबार ०८:१४ मा प्रकाशित