काठमाडौँ, माघ १३
साताकाे कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज
(नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव
४१ अङ्कले घटेर दुई हजार छ सय ४३ दशमलव ९३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीको एक करोड
५७ लाख २० हजार तीन सय ६७ कित्ता शेयर ९४ हजार आठ सय १३ पटक खरिदबिक्री हुँदा रू
नौ अर्ब १२ करोड ८६ लाख ७३ हजार पाँच सय १४ बराबरको कारोबार भएको छ ।
१२ माघ २०८१, आईतबार ०३:५८ मा प्रकाशित