काठमाडाैं, साउन १३
उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक
बिदा दिइएको छ ।
कीर्तिपुर
नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले
काठमाडौं, ललितपुर
र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार
राति मृत्यु भएको थियो ।
नकर्मी विसं २०२१ असार २० गते
जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए
१२ साउन २०८१, आईतबार ०६:३१ मा प्रकाशित