काठमाण्डाै, पुस २३
नेपाल पुलिस क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको छ ।
भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै नेपाल पुलिस क्लब
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा पुगेको हो ।
बुटवलको रामनगर खेलमैदानमा आज भएको
पहिलो सेमिफाइनलमा पुलिसले गुजरातलाई ३–१ को सेटमा हरायो । गुजरातले पहिलो सेट
२७–२५ ले जितेको थियो । त्यसपछि पुलिसले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५
ले जित्यो । पुलिस समूह ‘ए’ को विजेता र गुजरात समूह ‘बी’ को उपविजेता बन्दै
सेमिफाइनलमा पुगेको थिए ।
इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको
दोस्रो सेमिफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब खेल्दै छन्
। आर्मी समूह ‘बी’ को विजेता र मणिमुकुन्द समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा
पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।