काठमाडौं, मंसिर २८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात भएको छ।
अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।
स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीकाे नियन्त्रणमा रहेका ति व्यक्तिले मादक पदार्थ सेवन गरेको बताइएको छ। एमाले समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत अाज धनकुटा पुगेकाे हाे ।
२७ मङ्सिर २०८०, बिहिबार ०५:०० मा प्रकाशित