विश्वकपमा दक्षिण अफ्रिकाको अर्को विशाल स्कोर : बंगलादेशलाइ ३८३ रनको लक्ष्य

Jhalkonepal

खेलकुद, कार्तिक ७

आफ्नो आक्रमक प्रदर्शनलाइ जारि राख्दै दक्षिण अफ्रिकाले बंगलादेशको सामु ३८३ रनको विशाल लक्ष्य खडा गरेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिंग गर्दै १० ओभरमा २ विकेट गुमाएर ४४ रन बनाएको अवस्थाबाट सम्हालिदै दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३८२ रन बनाउन सकेको हो । 

सातौं ओभरमा ओपनर रेजा हेन्ड््िरकलाइ १२ रनमा गुमाएको दक्षिण अफ्रिकाले आठौ ओभरमा डुसनलाइ १ रनमा गुमापछि दवावमा परेको दक्षिण अफ्रिकालाइ ओपनर क्वीन्टन डिककले सम्हालेका थिए । डिककले १४० बल खेलेर ७ छक्का र १५ चौकाको मद्दतमा १७४ रन बनाएका छन । यस्तै कप्तान मकरम्म ६० र हनरिच केलशनले ९० रन बनाए भने डेभिड मिलरले नटआउट रहदै १५ बलमा ३४ रन बनाए 


यो । बंगलादेशका हसन महमुदले २ विकेट लिए भने सकिब अल हसन, मेहन्दी हसन र सेफ्रुल इश्लामले १,१ विकेट लिएका छन । 


प्रतिक्रिया