काठमाण्डौ, साउन २१
देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । पछिल्लो ६
घण्टामा सबैभन्दा धेरै नुवाकोटमा ५४ दशमलव २ र बाजुरामा ४७ दशमलव ६ मिलिमिटर पानी
परेको छ ।
यस्तै
झापाको दमकमा ३० दशमलव ८ र गोरखाको बारपाकमा ३९ मिलिमिटर पानी परेको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक, इलाम, चितवन, कञ्चनपुर, बैतडी, बाजुरा, लमजुङलगायतका ठाउँहरुमा पनि राति पानी परेको छ ।
आज कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही
स्थानहरूमा हुरी सहितको वर्षाको संम्भावना रहेको छ । जल तथा मौसम
पूर्वअनुमान महाशाखाका अनुसार देशभर केही स्थानहरूमा मेघ
गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा
भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै
कोशी,
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा
भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा
क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने
सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही
स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको मौसम विभागले जनाएको छ ।