नेपाली क्रिकेट टोली श्रीलंका पुग्यो

Jhalkonepal


काठमाडौ , भदौ १४ 

 एसिया कप २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा हिजो भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो । नेपाली टोलीलाई श्रीलंकाले स्वागत गरेको छ । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया