महानगरमा प्रमुख प्रशासकीय हाजिर गर्न पुगे लगत्तै तनाव, उपप्रमुखको नेतृत्वमा बैठक जारी

Jhalkonepal

काठमाडौँ, चैत २१

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं हाजिर गर्न पुगेलगत्तै भएको तनावकाबीच अहिले बैठक सुरु भएको छ ।उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ ।

गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास गरेका थिए ।बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

प्रतिक्रिया