खेलकुद, कार्तिक ६
विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई रोमान्चक खेलमा पराजित गरेको छ । पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले २ विकेट मात्र गुमाउर पुरा गर्दै जारि विश्वकपमा एउटा अर्को अप्रत्यासित नतिजा निकालेको हो ।
अफगानस्तिानका ओपनर रहमानुल्ला गुरवाज र इब्राहिम जरदानले १३० रनको सतकिय साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । गुरवाज ६५ रन बनाएर आउट भए भने इब्राहिम जर्दानले ८७ रन बनाए । यस्तै रहमत शाहले नटआउट ७७ रन बनाउदा उनलाइ हस्मतुल्लाह साहिदीले नटआउट ४५ रनबनाएर साथ दिए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलि १,१ विकेट लिए यस अघि टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो । पाकिस्तानको तर्फबाट कप्तान बाबर आजमले ७४ रन बनाए । यस्तै ओपनर अब्दुल्ला सफिकले ५८, इप्mितखार अहमद ४०, शदाव खान ४० र सौद सकिलले २५ रन बनाएका थिए ।
अफगानिस्तानको तर्फबाट नूर अहमतले ३ विकेट लिए भने नविद उल हकले २ तथा ओमरजाइ र मोहमम्द नावीले १,१ विकेट लिएका थिए ।
विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाइ पहिलो पटक पराजित गरेको छ । यस अघि ७ पटक आमनेसामनो हुदाँ पाकिस्तानले सातै पटक जितेको थियो । जारि विश्वकपमा अफगानिस्तानले दोस्रो पटक अप्रत्यासित नजिता निकालेको हो । अफगानिस्तानले इंग्लैण्डलाइ माथी पनि रोमान्चक जित हासिल गरेको थियो । पाकिस्तानलाइ पराजित गरेसंगै अफगानिस्तान अंक तालिकामा छैटौ नम्बरमा उक्लिएको छ । यस अघि अफगानिस्तान १० औ नम्बरमा थियो ।
अंक तालिका हेर्नुस