कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

Jhalkonepal

काठमाडौँ, पुस १९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस २१ गते शनिबार केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताउनुभयो । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ

प्रतिक्रिया