खेलकुद, असोज , १८
आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज देखि भारतमा शुरु हुदैन । प्रतियोगिताको पहिलो खेलमा आज अहमदावादमा डिफेन्डींग च्याम्पियन इंगलैण्ड र न्यूजिलैण्डका विच हुदैछ । १० राष्ट्र सम्मिलित प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइनेछ । पहिलो चरणमा हरेक देशले बाकी सबै देशहरुसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनमा पहिलो ४ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन ।
प्रतियोगितामा आयोजक भारतसंगै, पाकिस्तान, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया, न्यूजिलैण्ड, दक्षिण अफ्रिका, इंगलैण्ड, नेदरलैण्ड र अफगानिस्थानले प्रतिस्पर्धा गदैछन । यो विश्वकपमा वरियता क्रममा पहिलो ८ स्थानमा रहेका टोलीले सोझै स्थान बनाएका थिए भने नेदरलैण्ड र श्रीलंकाले क्वालिफायर खेलेर विश्वकपमा स्थान सुरक्षित बनाएका थिए ।
सन १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको यो १३ औ संस्करण हो ।