काठमाडौं, साउन २५
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले
शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै
पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार
सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य
समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।
लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड
तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार
पेजको विवरण बुझाएको थियो । लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको
प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।
२४ साउन २०८१, शुक्रबार ०८:२१ मा प्रकाशित