काठमाण्डौं, फागुन १
अभिनेत्री सुरवीना कार्कीको चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक भएको छ । देशको सिमा मिचिदा युवाहरुले देशभक्तीको सन्देश बोकेको चलचित्र यही फागुन २५ गते देखि सिनेमाहलहरुमा प्रदर्शन शुरु हुनेछ ।
चलचित्रमा सुरवीना कार्कीसँगै नवल खडका, गौरव पहारी र रेविका गुरुङ, प्रशान्त यादवको मुख्य भुमिका रहेको छ । चलचित्रलाई नबल खडकाले नै निर्देशन गरेका हुन ।
खडकाले यस अघि, आवाज, दशगजा र भिमदत्त जस्ता देशभक्तीको मुल कथा बोकेका चलचित्र निर्देशन गरिसकेका छन ।
काँडेतारको ट्रेलर
२९ माघ २०८०, मङ्गलबार ०२:४७ मा प्रकाशित