आइपिएल: आज एलिमिनेटर खेलमा मुम्बई र गुजरात खेल्दै

Jhalkonepal

काठमाडौँ, जेठ १६

 इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार एलिमिनेटर खेल हुँदैछ । एलिमिनेटर खेलमा गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

मुम्बई र गुजरातबिचको खेल मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, आज राति ०७:४५ बजे सुरु हुनेछ । ३८ हजार दर्शक क्षमताको यो स्टेडियम पञ्जाब किङ्सको अर्को घरेलु मैदान हो ।

एलिमिनेटर खेलमा विजयी हुने टोली प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ । पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ ।

दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि भिडन्त गर्नेछ । बेंगलुरु पहिलो क्वालिफायर खेलमा पञ्जाब किङ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । गुजरात टाइटन्स लिग चरणको खेलमा तेस्रो हुँदै प्ले–अफ चरणमा पुगेको हो । मुम्बई इन्डियन्स भने लिग चरणको खेलमा चौथो भएको थियो । यी दुई टोली आईपीएलको प्ले–अफ चरणमा दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । 


प्रतिक्रिया