आईपिएल : मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै

Jhalkonepal

काठमाण्डाैं, चैत १८

इण्डियन प्रिमियर लिग (आईपिएल) मा सोमबार राति मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।

कोलकाता २ अंकमा तालिकाको छैंटौं स्थानमा छ । मुम्बई भने पहिलो जितको खोजीमा छ । यसअघिका दुई खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो भने राजस्थान रोयल्सलाई हराएको थियो ।

तालिकाको पुछारमा रहेको मुम्बई भने गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ससँग हारेको थियो ।

 

प्रतिक्रिया